संविधानसभा, २०७२ साल असाेज ३ गतेबाट नेपालकाे संविधानकाे व्यवस्था अनुसार व्यवस्थापिका-संसदमा रूपान्तरण भएकाे छ ।


सम्माननीय सभामुख ओनसरी घर्तीसंग नर्वेजियन राजदूतको बिदाई भेट

2074-3-26

­

 
सम्माननीय सभामुख ओनसरी घर्ती र नेपालका लागि नर्वेका राजदूत Kjell Tormod Pettersen बीच बिदाई भेट भएको छ । व्यवस्थापिका संसद भवन नयाँ बानेश्वरमा भएको भेटमा नेपाल र नर्वेका बिचको दुई पक्षीय हित र आपसी सहयोगका बिषयमा छलफल भयो । 
 
छलफलको सुरुमा सभामुखज्यूले राजदूत Kjell Tormod Pettersen  ले नेपालमा रहदा दुई देशको हितमा खेल्नुभएको भुमिकाका लागि धन्यवाद दिनुभयो ।
 
सभामुखज्यूले नेपालको दिर्घकालिन विकासका लागि नर्वेले सन १९९६  देखीनै प्राथामिकतामा राखेकोमा धन्यवाद दिदै जलविद्युत क्षेत्रमा नर्बेको सहयोगको सराहना गर्नुभयो ।
 
सभामुखज्यूले दुई देशका संसद, सांसद एवं सचिवालय बिचको सम्बन्धलाई दुवै देशका संसदीय मैत्री समूह मार्फत थप प्रगाढ बनाउन प्रस्ताव गर्नुभयो ।
 
जवाफमा महामहिम राजदुतले दुई देश बिचको सम्बन्ध अझ बलियो बनाउन संसदीय मैत्री समिति बनाएर अघि बढ्न तयार रहेको बताउदै आगामी सेप्टेम्बरमा नर्बेमा हुन लागेको निर्वाचनका लागि नेपालका तर्फबाट राजनीतिज्ञहरुलाई पर्यव्यक्षणका लागि लैजान लागेको जानकारी गराउनु भयो ।
 
राजदुत Kjell Tormod Pettersen  ले नेपालको शान्ति प्रकृयाले कहिले टुंगो पाउछ भन्ने जिज्ञासा राख्दै बाँकी रहेको स्थानीय तह, प्रदेश र संघको चुनावको निस्पक्षताबारे जिज्ञासा राख्नुभयो ।
 
भेटमा संसदका महासचिव मनोहर प्रसाद भट्टराई लगायतको सहभागिता थियो ।

व्यवस्थापिका संसद सचिवालय

सिंहदरबार , काठमाडौं , नेपाल

Email: pradipnepal (at) can.gov.np

सम्पर्क नम्वरः +९७७ १ ४२००१५९ (सभामुख),+९७७ १ ४२००२२७(उपसभामुख), +९७७ १ ४२०००२१(महासचिव),  +९७७ १ ४२०००७२ (सचिव), 

+९७७ १ ४२००१३४(प्रवक्ता), ४२००२१० (सूचना शाखा), ४२००१०६ (Web)

फ्याक्सः +९७७ १ ४२००१३७ (सभामुख), (उपसभामुख), +९७७ १ ४२२२९२३ (महासचिव), +९७७ १ ४२००१४१ (सचिव), +९७७ १ ४२०००५३ (प्रवक्ता)